शुक्रबार, १३ मंसिर, २०८२

प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्वारा स्वीकृति

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्वारा स्वीकृति

२०८२ मंसिर ११, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृत प्रदान गरेका छन् ।

मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका हुन् ।

राष्ट्रपति पौडेलले आज मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

advertisement_1680627706.gif