आईतवार, २९ मंसिर, २०८२

लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का

२०८२ मंसिर २७, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा (एमाले)ले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन् ।

एमालेको ११ औं महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उनले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताए ।

उनले प्रमुख राजनितिक दलहरु कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हावी भएको स्मरण गर्दै राजनितिक दलहरु मजबुत हुनुपर्नेमा जोड दिए । बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उनको भनाइ छ ।

उनले एमाले महाधिवेशनले वर्तमान परिस्थितलाई संही ढंगले विश्लेषण गर्दै आगामी बाटो तय गर्न अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्ने वातावरण बनाउने पनि विश्वास गरे ।

उनले भदौ २३ र २४ को जेनजी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेलेको पनि बताए । नेपालमा ऐतिहासिक सम्पत्ति, विभिन्न राजनीतिक दलका कार्यलयहरू जलाइएको उल्लेख गर्दै उनले ती अपराधिक क्रियाकलाप गर्नेहरूलाई समयले माफ नगर्ने पनि बताए ।

त्‍यस्‍तै सभापति पूर्ण बहादुर खड्काले नेपालको लोकतन्त्रमाथि आक्रमण भए नेपाली काङ्ग्रेस, नेकपा एमाले र अन्य लोकतान्त्रिक दलहरु सबै एक ठाँउमा उभिएने बताएका छन् । उनले एमाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी दल मात्र नभएर नेपाली काङ्ग्रेससँगको समय समयको सहयात्री दल पनि रहेको भन्दै नेपालको लोकतन्त्रमा समस्या आए अझै मिलेर अगाडि बढ्ने बताए ।

उनले भने, ‘भदौ २४ गतेपछि मुलुकको राजनीति अनिश्चितताको भूमरीमा फसेको देखिन्छ। गत भदौ २३ गते २८ वर्ष मुनिका जेनजी युवा समूहका युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन स्थापनालगायतका माग राखेर शान्तिपूर्ण तरिकाले गरिने भनेको सडक प्रदर्शन अकल्पनीय रुपमा हिंसात्मक बन्न पुगेको थियो भने २४ गते भएको घटनालाई सामान्य युवाहरुको आक्रोसको परिणाम मात्र भन्न पुग्यौ भने त्यो ठूलो गल्ती हुन्छ। त्यो घटनाबाट सबैले शिक्षा लिनुपर्छ।’

advertisement_1680627680.gif