बिहीबार, २१ जेष्ठ, २०८३

लुम्बिनीमा ५ नयाँ मन्त्री नियुक्त,, जेठ २५ मा शपथ ग्रहण हुदै

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

लुम्बिनीमा ५ नयाँ मन्त्री नियुक्त,, जेठ २५ मा शपथ ग्रहण हुदै

२०८३ जेष्ठ २१, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनले पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन्।

मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्‌मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक सांसदलाई मन्त्री नियुक्त गरेका हुन  । 

नयाँ नियुक्त भएका मन्त्रीहरूबाट  एमालेका तुलसीप्रसाद चौधरी लाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए ।

यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए । अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ २५ गते सोमबारका लागि तय गरिएको छ ।

advertisement_1676553908.gif