शनिबार, १६ फाल्गुन, २०८२

नेकपा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी एमाले प्रवेश

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

नेकपा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी एमाले प्रवेश

२०८२ फागुन १६, रूपन्देही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन् ।

पहाडीलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र नेता लिला गिरीलगायतले पार्टीमा स्वागत गरेका छन् ।

उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष पनि हुन् ।

एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर रोजेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए । 

प्रवेश कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले पार्तीले क्षमता योग्यता र अनुभवको कदर गर्दै उचित जिम्मेवारी दिइने जानकारी दिए । सो अवसरमा बोल्दै पहाडीले एमालेमाथि चौतर्फी आक्रमण भैरहेको हुँदा देश बचाउन एमालेलाई बलियो बनाउन प्रवेश गरेको जानकारी दिए ।

advertisement_1676553851.gif