राष्ट्रिय सन्देश संबाददाता, १९ घण्टा पहिले
२८ बैशाख २०८२, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो। योसँगै सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको छ ।
वैशाख १९ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसअघि आज नै प्रतिनिधिसभाबाट पनि नीति तथा कार्यक्रम पारित भएको थियो ।
नीति तथा कार्यक्रमका आधारमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने छ ।