आईतवार, २९ भाद्र, २०८२

ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

रााष्ट्रिय सन्‍देश डेक्‍स, १६ घण्टा पहिले

ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

२०८२ भदौ २८, काठमाडौं । जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् ।

पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका छन् ।

ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाको गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । साथै, शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्न माग गरिएको छ ।

जाहेरीमा मृतकहरूको नाम पनि समावेश गरिएको छ । मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको हो ।

जाहेरीमार्फत ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे निष्पक्ष छानबिन गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। शव परीक्षण प्रतिवेदन र घटनास्थल मुचुल्का समेत प्रमाणका रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

Download the PDF
advertisement_1676998982.gif