आईतवार, १ मंसिर, २०८२

प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

२०८२ कार्तिक ३०, काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने भएको छ । तोकिएको निर्वाचन कार्यतालिकाअनुसार सोही दिन आवश्यक कागजातसहित मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा नागरिकलाई निर्वाचन आचारसंहिता पालना गर्दै निर्धारित स्थानबाटै मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।

आगामी दिनमा निर्वाचन अभियान, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारण लगायतका कार्यक्रम क्रमशः अघि बढाइने आयोगले जनाएको छ ।

advertisement_1680627680.gif