आईतवार, ३० कार्तिक, २०८३

प्रधानमन्त्री शाहद्वारा छठ पर्वको अवसरमा शुभकामना, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, ४० मिनेट पहिले

प्रधानमन्त्री शाहद्वारा छठ पर्वको अवसरमा शुभकामना, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध

२०८३ कार्तिक २९ काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रकृति र आस्थाको महान् पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको विधिपूर्वक आराधना गरी मनाइने यो पर्वले मुख्यतया परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने स्पष्ट पारेका छन् ।

उनले सन्देशमा भनेका छन्, “छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ, जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ । यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ ।”

प्रधानमन्त्री शाहले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने दृढ प्रेरणा प्रदान गरोस् भन्ने गहिराे कामनासमेत गरेका छन् ।

advertisement_1676553908.gif