आईतवार, ३१ जेष्ठ, २०८३

परराष्ट्र मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

परराष्ट्र मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१, काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल आज चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीन जॉदै छन्  । 

परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय छलफल हुने बताइएको छ । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने छन् । 

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ ।  

परराष्ट्र मन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने छन् ।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

advertisement_1676551694.gif