शुक्रबार, २२ श्रावण, २०८३

राज्य सञ्चालनमा सरकारकाे कार्यशैली र ढंग पुगेकाे छैनः मनिष झा

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

राज्य सञ्चालनमा सरकारकाे कार्यशैली र ढंग पुगेकाे छैनः मनिष झा

२०८३ साउन २२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियत र निष्ठामा शंका नभए पनि राज्य सञ्चालनमा भने ढंग नपुगेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद झाले सरकारको राज्य सञ्चालन गर्ने शैलीमा कतिपय ठाउँमा कमजोरी देखिएको टिप्पणी गरे । उनले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधान संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारले मूलमन्त्र बनाउनुपर्ने बताए।

उनले गुगलका सीईओ सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै आफूलाई सबै थाहा छ भन्ने सोचले विकास रोक्ने उल्लेख गरे । देशको विकासमा दिगोपन र सन्तुलन आवश्यक रहेको औंल्याउँदै उनले मधेश, निजी क्षेत्र र प्रवासमा रहेका नेपालीहरूलाई साथमा लिएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारको नियत र इमानदारीमाथि आफूलाई कुनै शंका नरहेको स्पष्ट पार्दै राज्य सञ्चालनलाई अझ प्रभावकारी बनाउन कमजोरी स्वीकारेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनका अनुसार राज्य सञ्चालनमा सरकारकाे ढंग र कार्यशैली पुगेकाे छैन । सांसद झाले राज्य सञ्चालनका क्रममा आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले समस्या निम्त्याउन सक्ने बताए । अज्ञानता स्वीकार गर्दै नजानेका विषय सिक्ने संस्कारको विकास गर्नुपर्ने उनको भनाइ छ ।

राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई मूलमन्त्र बनाएर अघि बढ्नुपर्ने उनले बताए ।

सरकारले आफ्ना कमजोरी स्वीकार गर्दै राज्य प्रणाली सञ्चालनका विभिन्न पक्षमा सुधार गर्नुपर्ने उल्लेख गर्दै सांसद झाले हरेक दिन राज्य सञ्चालनको शैलीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

advertisement_1676553908.gif