सोमबार, ७ बैशाख, २०८३

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

२०८३ बैशाख ०७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ ।
बैठकका लागि रास्वपाले ९ बुँदे एजेन्डा तय गरेको छ, जसमा पार्टी गतिविधिको ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ तथा केन्द्रीय समिति पदाधिकारी मनोनयनका विषयमा छलफल हुने उल्लेख छ ।

आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ । प्रवक्ता झाले बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारमा केन्द्रित रहने बताए ।

बैठकमा पार्टीका गतिविधिकाे बारेमा ब्रिफिङ र केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुने भएकाे छ । त्यस्तै, केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा, तथा पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि छलफल हुने भएकाे हाे । बैठकले सचिवालयले गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न विषयमा निर्णय लिने भएकाे छ ।

advertisement_1676551646.gif