राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ बैशाख ०७, काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १२ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमिति पुनर्गठन र समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अन्तरक्रिया एवं स्थलगत अनुगमनबारे छलफल हुनेछ ।