आईतवार, १८ आश्विन, २०८३

संविधान निर्माणमा नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको छ : रेशम चौधरी

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

संविधान निर्माणमा नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको छ : रेशम चौधरी

२०८३ असोज १८ काठमाडौँ I नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्  ।

उनले जसले गणतन्त्र ल्याउन जुन भूमिका खेल्यो, अब यो देश बनाउन पनि अवश्य भूमिका खेल्ने बताए । संस्थापक नेता चौधरीले संविधान निर्माणमा नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै काँग्रेसमा आएको परिवर्तनले आफूमा विश्वास जागेको बताए ।

उहाँले संविधानमा थारूलगायत समुदायका अधिकार लेखिए पनि व्यवहारमा अधिकार नदिइएको गुनासो समेत गरे ।

advertisement_1676553908.gif