शुक्रबार, २० असार, २०८२

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १८ असार, २०८२

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

१८ असार २०८२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई सरकारको उमोलेट सेक्युरिटी प्रिन्टिङ प्रेसका प्रतिनिधिले भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटघाटमा सञ्चारमन्त्री गुरुङले नेपालको सुरक्षण मुन्द्रण केन्द्रको अवस्था र भावी योजनाबारे बताए । उनले तीन वर्षदेखि कार्यालय प्रमुखविहीन रहँदै आएको सुरक्षण मुद्रण केन्द्रलाई आफू मन्त्री भएपछि कार्यकारी निर्देशक नियुक्ति गरेर छापा प्रक्रिया सञ्चालन गर्न लागिएको बताएका हुन् । झण्डै छ अर्बको बजेट योजना गराएर केन्द्रबाट पासपोर्ट, नागरिकतादेखि बैंक नोटसमेत छाप्ने योजना रहेको मन्त्री गुरुङले जानकारी दिए ।

हाल भने स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने प्रक्रियामा रहेको पनि उनले सुनाए । युएई प्रिन्टिङ प्रेसका जेनेरल म्यानेजरको समूहले भने नेपाल सरकारसँग सहकार्य गरेर छापा मेसिनमा सहयोग गर्नसक्ने धारणा राखेका थिए । यस विषयमा मन्त्री गुरुङ सकारात्मक भएको र समय आएपछि सहकार्य गर्ने वाचासमेत दिए ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif