सोमबार, १४ बैशाख, २०८३

सरकार संसदबाट भाग्ने होइन, विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गरियोस्ः नेता शाही

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

सरकार संसदबाट भाग्ने होइन, विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गरियोस्ः नेता शाही

२०८३ बैशाख १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले बताएका हुन् ।

सरकारले कानून निर्माणभन्दा अध्यादेश मार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिए । प्रवक्ता शाहीले संसद जनताको आवाज बोल्ने थलो र सरकार त्यसको कार्यान्वयन गर्ने संयन्त्र भएको उल्लेख गर्दै सरकार बलियो हुँदा संसदको आवश्यकता अझ बढी हुने बताए । उनले सुकुम्बासी समस्या, भूमिसुधार ऐनको अड्किएको अवस्था तथा भूमि व्यवस्थापनजस्ता विषय संसदबाटै कानुन बनाएर समाधान खोज्नुपर्ने धारणा राखे ।

उनले अन्तरसरकारी समन्वयो अभावका कारण संघ सरकारले गर्ने कतिपय निर्णयहरु प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने नगरेको भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

advertisement_1680627706.gif