मंगलवार, १७ असार, २०८२

आज २०७९ चैत ३० गते, बिहीवारको राशिफल

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३० चैत्र, २०७९

आज २०७९ चैत ३० गते, बिहीवारको राशिफल

२०७९ चैत ३० गते, बिहीवार, १३ अप्रिल २०२३। वैशाख कृष्णपक्ष अष्टमी तिथि। पूर्वाषाढा नक्षत्र, ९ः५६ बजेदेखि उत्तराषाढा। चन्द्रराशि– धनु,१५ः३२ बजेदेखि मकर।

मेष :- परिवारमा कुनै पनि महत्त्वपूर्ण विषयमा छलफल गर्न सक्छन्। व्यापार व्यावसायमा धन आर्जनको बाटो खुल्नेछ । अनुभवी व्यक्तिबाट मार्गदर्शन प्राप्त हुनेछ। छोराछोरीले ठूलाको आदेश पालन गर्नेछन्। स्वास्थ्य राम्रो रहनेछ।

वृष:- आजको दिन सकारात्मक रहनेछ । व्यापार व्यवसायका लागि गरिएको यात्रा लाभदायी साबित हुनेछ । युवाहरूले वैदेशिक व्यापारमा आर्थिक लाभ मिल्नेछ। प्रियजनहरू सँग भेटघाट हुनेछ । 

मिथुन:- व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

कर्कट:-सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

सिंह:- नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

कन्या :- परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

तुला:- सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

वृश्चिक:- ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

धनु:- रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।

मकर:- समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

कुम्भ:- सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मीन:- सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif