शुक्रबार, २९ कार्तिक, २०८२

राजावादीद्वारा भोलि उपत्यका बन्दको घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ जेष्ठ, २०८२

राजावादीद्वारा भोलि उपत्यका बन्दको घोषणा

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीले सोमबार काठमाडौं उपत्यका बन्दको आह्वान गरेका छन् । आइतबारको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै उनीहरूले सोमबार बन्द गर्ने घोषणा गरेका हुन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी उपत्यका बन्दको घोषणा गरेका छन् ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा विज्ञप्तिमा उल्लेख छ ।

 

advertisement_1676551646.gif
अन्य समाचार