शुक्रबार, २९ कार्तिक, २०८२

राप्रपा नेता पौडेलको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १५ भाद्र, २०८२

राप्रपा नेता पौडेलको निधन

२०८२ भदौ १५, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका संस्थापक सदस्य तथा हेटौंडा–१९ निवासी ज्ञान प्रसाद पौडेलको असामयिक निधन भएको छ ।

उनको निधनको खबरले मकवानपुर राजनीतिक तथा सामाजिक क्षेत्र शोकमय बनेको छ । पौडेल लामो समयदेखि राप्रपा संगठन विस्तारमा सक्रिय रहँदै आएका नेता थिए ।

पार्टीको प्रारम्भिक दिनदेखि नेतृत्व र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका उनी समाजसेवीका रूपमा समेत परिचित थिए ।

राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष सागर थापाले पौडेलको निधनले जिल्लामा अपूरणीय क्षति पुगेको बताएका छन् । उनले पौडेल पार्टीका इमानदार, समर्पित र संघर्षशील व्यक्तित्व भएको स्मरण गर्दै उनको योगदान सधैं सम्झन योग्य रहने बताए ।

पौडेलको अन्त्येष्टि सम्बन्धी विवरण परिवारजनले पछि सार्वजनिक गर्ने जनाइएको छ ।

advertisement_1744958411.jpg
अन्य समाचार