राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३ श्रावण, २०८२
२ साउन २०८२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्षसहित केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन् ।
सो निर्णयको जानकारी पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएका छन् ।
यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।