शुक्रबार, २९ कार्तिक, २०८२

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ११ जेष्ठ, २०८२

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री लेखकको राजीनामा मागेको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा मानव तस्करी गरेको आरोप लागिरहेका गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् ।

‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ” भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सरकारलाई सुझाव दिएको छ ।

विज्ञप्तिमा पार्टी सभापति रवि लामिछानेसम्बन्धी सर्वोच्च अदालतको हालैको आदेशबारे समेत प्रतिक्रिया दिइएको छ । सर्वोच्चले शुक्रबार तुलसीपुर उच्च अदालतको आदेशलाई सदर गरेसँगै रास्वपाले उक्त निर्णय कानुनी रूपमा स्वीकार गर्ने जनाएको छ । तर, सहकारी मुद्दामा रवि लामिछानेको भूमिकालाई तथ्यहीन र जबरजस्ती जोडिएको आशंका र्टीले व्यक्त गरेको छ ।

यसैबीच, रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक शनिबार अपराह्न ४ बजे बसेको र अर्को बैठक जेठ ११ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा हुने समेत पार्टी कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

advertisement_1676551694.gif
अन्य समाचार