शुक्रबार, २९ कार्तिक, २०८२

रवीन्द्र र धवल रिहा नगरिएपछि राप्रपाले देशभर निकाल्यो मसाल जुलुस

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १६ चैत्र, २०८१

रवीन्द्र र धवल रिहा नगरिएपछि राप्रपाले देशभर निकाल्यो मसाल जुलुस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणाविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपा सडकमा उत्रिएको हो ।

यसअघि राप्रपाको वैठकले उनीहरुलाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो । तर, रिहाइ गर्नुका साटो सरकारले मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ ।

राप्रपाले साँझ काठमाडौं उपत्यकाका चावहिललगायत स्थानमा र देशभरका जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र प्रदर्शन गरेको छ ।

advertisement_1676553908.gif
अन्य समाचार