शुक्रबार, २९ कार्तिक, २०८२

विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै सुवेदीले दिए आयोगमा उजुरी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ असार, २०८२

विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै सुवेदीले दिए आयोगमा उजुरी

२९ असार २०८२, काठमाडौं । नवराज सुवेदी लगायत संस्थापन इतर समूहले आज निर्वाचन आयोगमा उजुरी दिएका छन् । पार्टीले विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै सुवेदीले आयोगमा उजुरी दिएका हुन् ।

सुवेदीले आफू पार्टीको वरिष्ठ नेता एवं केन्द्रीय सदस्यको पदमा यथावत् नै रहेको र केन्द्रीय सदस्यको हैसियतबाटै अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई विधान अनुसारको पदीय जिम्मेवारी निर्वाह गरी आएको अवस्थामा पनि समितिको अध्यक्षबाट हटाइएको दावी गरिएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते सुवेदीलाई हटाएर उपाध्यक्ष रोशन कार्कीलाई सो पदमा नियुक्त गरेका थिए ।

Download the PDF
advertisement_1676551646.gif
अन्य समाचार