सोमबार, ४ कार्तिक, २०८२

आजबाट बोलबम सुरु (तस्विर सहित)

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ श्रावण, २०८२

आजबाट बोलबम सुरु (तस्विर सहित)

५ साउन २०८२, काठमाडौं । साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँदछन् । शिव मन्दिरनजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ ।

गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिंगमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो । काठमाडौंमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ ।

सोमबार सुन्दरीजलमा जल लिन तिर्थालुहरु आएका छन् ।

advertisement_1676998982.gif