राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३० बैशाख, २०८२
३० बैशाख २०८२, काठमाडाैं । पवित्र बाग्मती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि एक प्रमुख तीर्थस्थल हो ।
पशुपतिनाथ मन्दिर आकाशबाट हेर्दा झन् भव्य देखिन्छ। सुनौलो गजुर, हरियाली परिवेश र ऐतिहासिक संरचनाले यो स्थललाई अझ मनमोहक बनाउँछ ।
शिवभक्तहरूको आराधना गर्ने यो मन्दिर परिसर आकाशबाट हेर्दा धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीकझैं देखिन्छ । पुरातात्त्विक सम्पदा, सौन्दर्य र शान्त वातावरणले पर्यटक र भक्तजनलाई समान रूपमा मोहित पार्छ ।