राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ४ माघ, २०८२
२०८२ माघ ३, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी– २० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । क्यानले आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत टोलीलाई बिदाइ गरेको हो ।
विश्वकप समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
त्यसअघि टोली श्रीलंका गएर ‘श्रीलंका ए’ र भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ ।