मंगलवार, १७ असार, २०८२

एक दिवसीय यू-१९ सिरिजमा हङकङलाई नेपालले हरायो

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३ पुष, २०८१

एक दिवसीय यू-१९ सिरिजमा  हङकङलाई नेपालले हरायो

२०८१ पुष ३ गते, काठमाडौँ । मूलपानी क्रिकेट मैदानमा चलिरहेको एक दिवसीय यू-१९ सिरिज नेपालले हङकङलाइ हराउदै जीत निकालेको छ । ३ खेलको एक दिवसीय यू-१९ मा लगातार दुई खेलमा जित निकाल्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेका हो ।

पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गर्यो । नेपालले दिएको २९८ रनको लक्ष्य का लागि खेलेको  हङकङ २९ ओभर ४ बलमा ७१ रनमा समेटियो । हङकङका कप्तान शिव माथुरले सर्वाधिक १६ रन जोडे । प्रित मांगुकिया र आरेज डरले १४-१५ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका दयानन्ड मण्डलले ४, अपराजित पौडेल र किर्बिन श्रेष्ठले दुईदुई रनरेन भट्ट र सन्तोष यादवले एकएक विकेट लिए त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो ।

अन्तिम खेल शुक्रबार हुनेछ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif