राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १० असार, २०८२
१० असाार २०८२, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा बनाउन सफल रह् । नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेट बनायो ।
शुभम खनालले ५ विकेट लिएपछि नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको थियो ।कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए ।
अभय यादवले २, सुशील रावल र विपिन प्रसाद शर्माले १/१ विकेटको योगदान दिए । नेपालका लागि श्रीनिवास बजगाँईले ४२ बल खेल्दै सर्वाधिक ३८ रन बनाए भने प्रसिद्ध जैशीले ३७ बलको मद्दतमा ३३ रन जोड्न सफल भए ।