बुधबार, २ बैशाख, २०८३

काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली सम्मानित

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २० पुष, २०८२

काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली सम्मानित

२०८२ पुष २०, काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीलाई सम्मान गरेको छ । आज आयोजित विशेष समारोहमा टोलीलाई पहिलो महिला टि–२० दृष्टिविहीन विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको अवसरमा सम्मान गरिएको हो ।

उक्त प्रतियोगिता कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो । सम्मान कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडा अध्यक्ष रामकुमार केसीले खेलकुदमा समर्थन जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘हरेक खेलकुदलाई हामीले सहयोग गर्दै आइरहेका छौं । खेलाडीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता छ । हाम्रो महिला खेलाडीहरूले क्रिकेटमा धेरै प्रगति गरेका छन् र देशको प्रतिष्ठा बढाएका छन् । यसैले आज हामीले सम्मान गर्दै कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।’

समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समेत उपस्थित थिए ।

advertisement_1676553851.gif