मंगलवार, १७ असार, २०८२

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश ।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३० आश्विन, २०८०

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश ।

काठमाडौँ। मनिष डाँगीले गरेको गोलले नेपाल  लाओसलाई हराउँदै  फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

लाओसको घरेलु मैदानमा नेपाल   १-० गोलले विजयी हुँदै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो।नेपालका लागि मनिषले ५३औं मिनेटमा निर्णायक गोल गरेका थिए । यसअघि दशरथ रंगशालामा भएको खेलमा नेपाल र लाओसबीच एक-एक गोलको बराबरी भएको थियो।

 

 नेपालले अब दोस्रो चरणअन्तर्गत समूह एचमा युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif