राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १० पुष, २०८२
२०८२ पुष १०, काठमाडौं । मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा कोशी प्रदेशका राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार उनले चलाएको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर उनी घाइते भएका थिए । घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । थापा विगत ९ वर्षभन्दा लामो समयदेखि कोशी प्रदेशबाट राष्ट्रिय क्रिकेटमा सक्रिय थिए।