राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १९ फाल्गुन, २०८१
१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ ।
दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि हात पारेको हो ।
मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए । खेलको २९औं मिनेटमा आर्मीका डिफेन्डर विमल पाण्डेले बल क्लियर गर्नेक्रममा आफ्नै पोष्टमा बल छिरेपछि गोल भएको थियो । मछिन्द्रले दोस्रो गोल भने खेलको ७२औं मिनेटमा गरेको थियो ।
प्रतियोगिता जितेसँगै मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको हो।