राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १४ कार्तिक, २०८०
काठमाडौँ। नेपालमा जारी विश्वकप छनोटको खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रामा प्रवेश गरेको हो । पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ ।
नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।
आजको खेलमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।
विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पुरा गरि राम्रो खेल प्रस्तुत गरेका थिए ।