राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १९ बैशाख, २०८०
काठमाडौँ। नेपाली क्रिकेट टोलीले यस वर्षको एसिया कप क्रिकेट प्रतियोगितामा स्थान सुरक्षित गर्दै फेरि आफ्नो क्षमता प्रमाणित गरेको छ । एसीसी प्रिमियर लिगको फाइनलमा रोमाञ्चक प्रदर्शनपछि नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
युएईले नेपाललाई १ सय १७ रनको लक्ष्य दिएको खेल निकै रोमाञ्चक बनेको थियो । तर, नेपालका लागि गुल्सन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जित दिलाउन सफल भए । तेस्रो विकेट प्रारम्भमा गुमाए पनि, यी दुईले समझदार भएर साझेदारी रुपमा खेले, अन्ततः आफ्नो टोलीको लागि खेल जिताए।
गुलशन झाको उत्कृष्ट प्रदर्शन नेपालको जितमा प्रमुख कारक थियो। उनले UAE विरुद्ध आफ्नो दोस्रो अर्धशतक प्रहार गरे, असाधारण ब्याटिङ कौशल प्रदर्शन गर्दै र नेपालको क्रिकेट टोलि लाइ एसिया कप खेल का लागि चुनिन सफल भएको छ। क्रिकेट प्रेमीहरु उत्सुकतापूर्वक उनीहरूको अर्को खेलको पर्खाइमा छन्।