बुधबार, २ बैशाख, २०८३

प्रधानमन्त्रीद्वारा एनपीएल विजेता लुम्बिनी लायन्सलाई बधाई

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २८ मंसिर, २०८२

प्रधानमन्त्रीद्वारा एनपीएल विजेता  लुम्बिनी लायन्सलाई बधाई

२०८२ मंसिर २७, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग(एनपीएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जाल (फेसबुक)आर्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् ।

बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।‘

लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रोपटक पनि उपविजेतामै समेटिएको छ ।

advertisement_1680627680.gif