बुधबार, २ बैशाख, २०८३

रोहित पौडेलले जिते कार र मोटरसाइकल पुरस्‍कार

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २८ मंसिर, २०८२

रोहित पौडेलले जिते कार र मोटरसाइकल पुरस्‍कार

२०८२ मंसिर २७, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल भएका छन् । उनले सर्वाधिक रनकर्ता र सर्वोत्कृष्ट खेलाडी दुवैको उपाधि जितेका हुन् । उनले सर्वोत्कृष्ट खेलाडीको रूपमा ओमाडा एण्ड ज्याइकोको कार जितेका छन् ।

नेपाली खेलाडीमा सर्वाधिक रनकर्ताको रूपमा रोहित पौडेलले एक थान मोटरसाइकल पनि जितेका हुन् । रोहितले प्रतियोगितामा १० खेल खेल्दै १० विकेट र २६७ रन बनाएका छन् ।

प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट (उदयीमान खेलाडी)– २ लाख रुपैयाँ र एक थान मोटरसाइकल प्राप्त ग रे। सर्वाधिक विकेट लिने खेलाडी– विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने छनोट भए । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।

इर्नेजेटिक खेलाडीको उपाधि अविनाश बोहोराले जितेका छन्। उनले उपाधिसँगै २ लाख रुपैयाँ जितेका छन्‍ । यो रकम रेडबुलले प्रदान गर्नेछ ।

advertisement_1680627706.gif