बुधबार, २ बैशाख, २०८३

सुदूरपश्चिमसँग विराटनगर ७७ रनले पराजित, सुदूरपश्चिम फाईनलमा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ मंसिर, २०८२

सुदूरपश्चिमसँग विराटनगर ७७ रनले पराजित, सुदूरपश्चिम फाईनलमा

२०८२ मंसिर २३, काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा विराटनगर किंग्स सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर ७७ रनले पराजित भएको हो ।

सुदूरपश्चिमले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाउँदा अलआउट भयो। विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रनको सर्वाधिक योगदान दिए ।

विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश गरेको छ । विराटनगरले भने फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।

पहिलो सिजनमा सुदूरपश्चिम फाइलनमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले अब उपाधिका लागि शनिवार खेल्नेछ ।

पराजित भएको विराटनरले दोस्रो क्वालिफायरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग खेल्नेछ ।

advertisement_1676998982.gif