बुधबार, २ बैशाख, २०८३

सन्दीपले राजशाही वारियर्सबाट बीपीएल खेल्ने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ मंसिर, २०८२

सन्दीपले राजशाही वारियर्सबाट बीपीएल खेल्ने

२०८२ मंसिर २८, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट आगामी संस्करणको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् ।

राजशाहीले आज सन्दीपलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् । सन्दीपले यसअघि बीपीएल २०१८÷१९ मा सिलेट सिक्सर्सबाट एक सिजन खेलेका थिए । उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट लिएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको प्रदर्शन प्रभावशाली रहँदै आएको छ । उनले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १२९ विकेट लिएका छन् । समग्रमा उनले आफ्नो करियरमा १६० टी–२० खेलमा २३७ विकेट लिएका छन् ।

राजशाही वारियर्सका टोली अधिकारीहरूले सन्दीपको अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज अनुभवले यस सिजन टोलीको लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

advertisement_1676553908.gif