मंगलवार, १७ असार, २०८२

यूएईलाई हराउदै नेपाल टी-२० विश्वकपमा।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १७ कार्तिक, २०८०

यूएईलाई हराउदै  नेपाल टी-२० विश्वकपमा।

काठमाडौँ। आजको खेलमा युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको छ।एसियाली छनोटमा शुक्रबार  मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का गरेको हो।

नेपाललाई विश्वकपमा पुर्‍याउन आसिफ शेखले अविजित ६३ रन बनाएका दिए। ५० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए। उनले २१ बलमा  ३ चौका र एक छक्का प्रहार गरेका थिए । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। 

नेपालले यसअघि पनि सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो। बंगलादेशमा सम्पन्न प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराउँदै आयोजकसँग पराजित भएको थियो। 

नेपालले यसअघि पनि सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो। बंगलादेशमा सम्पन्न प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराउँदै आयोजकसँग पराजित भएको थियो। 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif