राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १ असार, २०८०
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ ।
आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् ।
चालु आर्थिक वर्षको सुदूरपश्चिम प्रदेश सरकारको बजेट ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रहेको थियो ।