मंगलवार, १७ असार, २०८२

सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब ४७ करोड (पूर्णपाठ)

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १ असार, २०८२

सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब ४७ करोड (पूर्णपाठ)

१ असार २०८२, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ को लागी ३३ अर्ब ४७ करोड ६० लाखको बजेट ल्याएको छ । आइतबार साँझ आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटमा चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख, पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड २ लाख, अन्तर सहकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यहोरामा सबैभन्दा ठूलो हिस्सा नेपाल सरकारको राजस्व बाँडफाँटबाट ९ अर्ब ८७ करोड २५ लाख प्राप्त हुने अनुमान छ ।

यस्तै, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्षको बचत रकम ७ अर्ब ६६ करोड ६३ लाख, सशर्त अनुदानबाट ४ अर्ब ३ लाख, आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६५ लाख, संघीय समपूरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

सडक निर्माण, खानेपानी योजना निर्माण तथा मर्मत, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका योजनाका लागि बजेट विनियोजन गरिएको मन्त्री थापाले बताए । 

Download the PDF
advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif