बुधबार, २५ असार, २०८२

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १९ असार, २०८२

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त

१९ असार २०८२, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट बर्खास्त गरेको हो । 

मुख्यमन्त्री कार्यालयले वनमन्त्री चौधरीलाई मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको पुष्टि गरेको छ । 

केही दिनअघि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिन मन्त्री चौधरीलाई निर्देशन दिएका थिए । तर, नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट गत जेठ ४ मा मन्त्री बनेका चौधरी अटेर गर्दै आएका थिए । कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग चौधरीको नाम मुछिएपछि उनी विवादित बन्दै आएका थिए ।

उक्त प्रकरणमा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की सुशीला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif