राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ जेष्ठ, २०८३
२०८३ जेष्ठ २५, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरू बेलबहादुर रानामगर (सामाजिक विकास मन्त्री), विक्रमसिंह धामी (आर्थिक मामिला मन्त्री) र मानबहादुर रावल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री) लाई शपथ गराएका हुन् ।
यसैगरी, नवगठित मन्त्रीमण्डलमा थपिएका राज्यमन्त्रीद्वय मधु भारती (सामाजिक विकास राज्यमन्त्री) र जुना दानी (आर्थिक मामिला राज्यमन्त्री) लाई भने मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री शाहद्वारा गरिएको सरकार पुनर्गठनसँगै जिम्मेवारी पाएका सम्पूर्ण मन्त्री तथा राज्यमन्त्रीहरूले सोमबारदेखि नै आ-आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्ने जनाइएको छ ।