सोमबार, १ भाद्र, २०८३

भोलिदेखि डिलरबाटै नियमित ग्यास बिक्री वितरण हुने

राष्ट्रिय सन्‍देश संबाददाता, १९ घण्टा पहिले

भोलिदेखि डिलरबाटै नियमित ग्यास बिक्री वितरण हुने

२०८३ साउन ३१, काठमाडौँ । भोलिबाट नियमित रूपमा डिलरबाटै ग्यास बिक्री वितरण हुने भएको छ । नेपाल आयल निगमले सूचना जारी गर्दै डिलरबाटै नियमित बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

ग्यास सिलिन्डर आवश्यक भएका उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ ।

ग्यास उद्योगहरुले दैनिक विक्री गर्ने विक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्या सहितको विवरण निगममा प्रत्येक दिन विहान ९ बजे भित्र उपलब्ध गराउने, ग्यास बिक्रेतारवितरकले विक्री गरेको ग्याँसको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्वर सहितको विवरण दैनिकरुपमा तयार पारी अनिवार्य रुपमा सम्बन्धित उद्योगहरुलाई उपलब्ध गराउनुपर्ने र सम्बन्धित उद्योगले नेपाल आयल निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।

नजिकका बिक्रेतावाट कुनै कारणवस ग्यास प्राप्त गर्न नसकेमा र तत्काल अति आवश्यक परेका उपभोक्ताले निगममा संचालनमा रहेको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को मोबाइल नं.९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गर्नसमेत निगमले आग्रह गरेको छ।

यसैगरी निगमले काठमाडौं उपत्यकामा अति आवश्यक उपभोक्ताका लागि ९ हजार ५६८ थान एलपी ग्यास सिलिन्डर बिक्री वितरण गरेको जानकारी पनि दिएको छ । निगमले आइतबार उपत्यकाका विभिन्न ग्यास उद्योगका सिलिन्डर आफ्ना प्रतिनिधिमार्फत निगमले तोकेका सातवटा बिक्री केन्द्रबाट बिक्री वितरण गरेको हो ।

advertisement_1680627706.gif