बुधबार, २८ आश्विन, २०८३

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

२०८३ असोज २७ काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फको सहमहामन्त्री पदमा नेतृ प्रतिमा गौतम निर्वाचित भएकी छन् । उनी आफ्ना प्रतिस्पर्धी नानुमैया बास्तोलालाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

केन्द्रीय निर्वाचन समितिद्वारा प्रकाशित मतगणनाको अन्तिम नतिजाअनुसार नेतृ गौतमले पाँच हजार ११६ मत प्राप्त गरी सहमहामन्त्रीमा विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी नानुमैया बास्तोलाले भने एक हजार ५५४ मत मात्र प्राप्त गरिन् ।

गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्।

advertisement_1676998982.gif