बिहीबार, ६ कार्तिक, २०८३

बडादशैंको दोस्रो दिन : आज मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

बडादशैंको दोस्रो दिन : आज मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी

२०८३कार्तिक ०५ काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत विजयादशमीको दोस्रो दिन (एकादशी) आज पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम देशभर उत्साहका साथ जारी छ ।

विजयादशमीका दिन साइतमा वा आफ्नो अनुकूलतामा टीका नलगाउन पाएका तथा टाढा-टाढा रहेका आफन्त र मान्यजनकोमा जाने क्रम आज बिहानैदेखि सुरु भएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडा र जमराबाट देवीको पूजा-आराधना गरी सुरु भएको दसैँको मुख्य टीका विजयादशमीदेखि सुरु भएर कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने वैदिक परम्परा रहेको छ ।

मान्यजनहरूले आफूभन्दा सानालाई निधारमा रातो अक्षताको टीका र कानमा पहेंलो जमरा लगाइदिँदै सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र प्रगतिको आशिर्वाद दिने गर्दछन् । टीकाथापोसँगै आफन्तजनबीचको भेटघाट, आत्मीयता, र मीठा-मीठा परिकारका साथ खुसी साटासाट गर्ने वातावरणले गाउँदेखि शहरसम्म दशैंको रौनक छाएको छ ।

विजयादशमीको भोलिपल्ट भएकाले आज बिहानैदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा आफ्ना मान्यजन तथा आफन्तकोमा टीका थाप्न जाने सर्वसाधारणको चहलपहल बढेको छ ।

advertisement_1676553851.gif