आईतवार, २४ श्रावण, २०८३

वैशाखयता देशभर विपद्का ४ हजार ४ सय घटना: २ सय ५ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

वैशाखयता देशभर विपद्का ४ हजार ४ सय घटना: २ सय ५ जनाको मृत्यु

२०८३ साउन २३, काठमाडौँ । चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ४ सय ८ वटा विपद्का घटना भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार यस अवधिमा विपद्का कारण कुल २०५ जनाले ज्यान गुमाएका छन् भने ५ जना बेपत्ता र १ हजार ३ सय २४ जना घाइते भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख यता सबैभन्दा बढी मानवीय क्षति सर्प दंशका कारण भएको छ । सर्प दंशका ८ सय १ घटनामा परी ५९ जनाको मृत्यु र ७ सय ४९ जना घाइते भएका छन् ।

त्यसैगरी चट्याङका २३५ घटनामा २५ जना, लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका १ हजार ६० घटनामा २० जना र पहिरोका ८१५ घटनामा २० जनाको मृत्यु भएको छ । मुलुकभर घटेका विपद् घटनाबाट कुल ५ हजार ४ सय ५७ परिवार प्रभावित भएका छन् । हावाहुरीका ४८० घटनामा १ हजार ३ सय ५८ परिवार र आगलागीका घटनामा १ हजार १ सय ७० परिवार प्रभावित भएका छन् ।

advertisement_1680627680.gif