शनिबार, २३ जेष्ठ, २०८३

फाइनल प्रवेशका लागि नेपालले ओमानसँग खेल्ने

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

फाइनल प्रवेशका लागि नेपालले ओमानसँग खेल्ने

२०८३ जेष्ठ २२, काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमानसँग खेल्ने भएको छ ।

शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बेहोर्दै समूह बी को उपविजेता बनेको ओमानले आइतबार हुने पहिलो सेमिफाइनलमा नेपालको सामना गर्नेछ । ओमान र नेपालबीचको सेमिफाइनल खेल आइतबार बिहान ७ः१५ मा सुरु हुनेछ । नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो ।

समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जित निकालेको थियो । नेपाल र ओमान तथा दोस्रो सेमिफाइनल खेल्न लागेका हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि छनोट भइसकेका छन् ।

एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान तथा जापान यसअघि नै छनोट भइसकेका छन् ।

advertisement_1676551646.gif