शुक्रबार, १८ बैशाख, २०८३

विश्वशान्तिको कामना नेपालीहरूमा शुभकामना दिदै भने ओलीले -दर्शनले देखाएको शान्ति र अहिंसाको बाटोले नै समाजलाई सही दिशा दिन्‍छ

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

विश्वशान्तिको कामना नेपालीहरूमा शुभकामना  दिदै भने ओलीले -दर्शनले देखाएको शान्ति र अहिंसाको बाटोले नै समाजलाई सही दिशा दिन्‍छ

२०८३ बैशाख १८, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २५७० औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी एवं शान्तिकामी नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले बुद्धका उपदेशहरू आजको विश्वमा झन् सान्दर्भिक भएको उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले बुद्धको दर्शनले देखाएको शान्ति र अहिंसाको बाटोले नै समाजलाई सही दिशा दिने बताएका छन्।

उनले आफ्नो सन्देशमा भनेका छन्, “शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालबाट म सबैमा शुभकामना व्यक्त गर्दछु। बुद्ध जयन्तीको यस पावन अवसरमा सबैको अन्तर्मनमा करुणाको दीप बलोस् र समाजमा पारस्परिक सद्भाव एवं भ्रातृत्वको भावना अझ बलियो भएर जाओस्।”

बुद्धका चार आर्य सत्य र अष्टाङ्गिक मार्गले मानव जीवनका दुःख निवारणमा ठुलो भूमिका खेल्ने चर्चा गर्दै ओलीले रिस, राग र द्वेषलाई त्यागेर मैत्री भाव अपनाउनुपर्नेमा जोड दिएका छन्। उनले नेपाल बुद्धको देश भएकाले यहाँबाट विश्वलाई नै शान्तिको सन्देश प्रवाह गरिरहनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनको सन्देशले बुद्ध जयन्तीलाई एउटा पर्वको रूपमा मात्र नभई आत्मचिन्तन र लोककल्याणको अवसरका रूपमा लिन सबैलाई आग्रह गरेको छ।

advertisement_1676551646.gif