बुधबार, १९ कार्तिक, २०८३

भारतीय विदेश सचिव आज आउँदै

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

भारतीय विदेश सचिव आज आउँदै

२०८३ कार्तिक १८ काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय वार्ता हुनेछ । उक्त बैठकमा नेपाल-भारत सम्बन्ध, दुईदेशीय साझेदारी तथा पूर्वाधार र ऊर्जा विकासका विविध पक्षमा छलफल हुने बताइएको छ । नेपाल बसाइका क्रममा विदेश सचिव मिस्रीले नेपालका उच्च अधिकारीहरू तथा राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेटघाट गर्नेछन् ।

भ्रमणका क्रममा उuले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम छ ।

दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव मिस्री कात्तिक १९ गते काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

advertisement_1680627680.gif