राष्ट्रिय सन्देश संबाददाता, ५१ मिनेट पहिले
२०८३ भदौ ०३ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि एक कार्यदल गठन गरेको छ । सभापति रवि लामिछानेले सांसद र मन्त्रीहरूलाई एकै स्थानमा राखेर संसदीय मर्यादा र कार्यशैलीबारे छलफल गरेलगत्तै यो कार्यदल बनाइएको हो ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार, पार्टीको संसदीय दलको विधानलाई आवश्यकता अनुसार संशोधन गर्न मुख्य सचेतकको नेतृत्वमा कार्यदल बनाइएको हो ।
गगठित उक्त कार्यदललाई आगामी सात दिनभित्र विधान संशोधन गरी आवश्यक कार्यविधि तयार पार्ने जिम्मेवारी दिइएको छ ।
पराजुलीका अनुसार कार्यदललाई सात दिनभित्र विधानको आवश्यक संशोधन गरी त्यसअनुसारको कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ ।
संसदमा सांसदको मर्यादा कायम राख्ने, उनीहरूको जिम्मेवारी स्पष्ट गर्ने तथा जनपक्षीय आवाज उठाउने र कानुन निर्माण प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने गरी विधान संशोधन गरिने उनले बताए।
सांसदहरूको भूमिकालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक देखिएका विषय समेटेर विधान परिमार्जन गरिने रास्वपाले जनाएको छ ।